कलम चोरेको विवादमा साथीको हत्या



काठमाडौँ। विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद भयो। त्यसपछि आरोपी छात्रा (१२ वर्षीया) ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन्।

जसका कारण बालिकाको घटनास्थलमा नै मृत्यु भयो। घटनापछि आरोपी बालिकाले शवलाई आफ्नो घरको भुईं तल्लामा लुकाइन्। त्यसपछि यसबारे आमालाई जानकारी दिइन्। घटनालाई लुकाउनका लागि आरोपी बालिका र आमाले शवलाई पोखरीमा फ्याँके।

भारतीय संचारमाध्यममा प्रकाशित यो घटना भारतको जयपुरस्थित राजस्थानको हो। पुलिसले हत्याको आरोपमा बालिकालाई हिरासतमा लिएको छ। उनका आमा–बुवालाई पनि पक्राउ गरिएको छ।

पुलिस अधिकारी अशोक कुमार गुप्ताका अनुसार जयपुरमा बस्ने छात्रा बुधबार दिउँसोबाट हराएकी थिइन्। त्यसको भोलिपल्ट उनको घरभन्दा करिब ५ सय मिटर टाढा झाँडीमा उनको शव भेटिएको थियो। अनुसन्धानमा पत्ता लागे अनुसार मृत बालिका आरोपी छात्राको घर जान भनेर घरबाट निस्किएकी थिइन्।

स्रोतका अनुसार पुलिसले जब आरोपी छात्राका आमाबुवाले ती दुई बालिकाबीच झगडा भएकोले १३ वर्षीया बालिका आफ्नो घर नआएको बताए । ती आमाबुवाको बयानपछि पुलिसलाई शंका लागेको उनले बताए। त्यसपछि १२ वर्षीयाको घरमा अनुसन्धान गर्दा मृत बालिकाको कानको झुम्का भेटियो । सोधपुछ कडा गरिएपछि ती बालिकाले आफ्नो अपराध स्विकार गरेको पुलिस अधिकारीले जानकारी दिए।

आरोपीकी आमाले शवलाई पोखरीमा फ्याँकिन्, बुवाले निकाले

पुलिसका अनुसार घटनापछि आरोपीले छात्राले आमालाई पूरा घटनाक्रम बताइन्। यी दुईले बालिकाको शवलाई एउटा बोरामा राखेर पोखरीमा फ्याँकिदिए।

शव माथि नआओस् भनेर एउटा ठूलो ढुङ्गा पनि बोरासँगै बाँधिदिए। त्यसपछि महिलाले आफ्ना श्रीमानलाई यसबारे जानकारी दिइन्। श्रीमानले बालिकाले मोक्ष नपाउने भन्दै शवलाई पोखरीबाट निकालेर झाडीमा फ्याँकेका हुन्।
एजेन्सी