वरिष्ठ कलाकार क्षेत्रीको निधन


काठमाडौं। नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीको निधन भएको छ। ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।

कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ। जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन्। लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए।