राष्ट्रिय संगीतकर्मी संघकाे बनभोज कार्यक्रम सम्पन्न


काठमाडौँ। राष्ट्रिय संगीतकर्मी संघले आज शनिबार काठमाडाैँमा बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

राजधानीको बाइसधारामा संघले आयोजना गरेको बनभोज कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको आयोजकले जनाएको छ। मन्त्री मानन्धरले कार्यक्रमको सम्बोधनका क्रममा गीतसमेत गाएका थिए।

संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षमा योजना गरिएको बनभोज कार्यक्रममा बालाजुवृत्तका डिएसपी बालनरसिंह राणालाई सम्मानसमेत गरेको संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवालले जानकारी दिएक छन्।

तस्बिर: नेत्र विक्रम विमली