मार्क्सको थन्मथलो ट्रीयरमा अनेरास्ववियूका संयोज महर



काठमाडौँ। अनेरास्ववियूका संयोजक ऐन महर सर्वहारा वर्गका पिता एवं भौतिकवादी महान चिन्तकर÷विचारक कार्ल मार्क्सको जन्मथलो जर्मनको ट्रीयरमा पुगेका छन्।

संयोजक महरले आफ्नो विचारको विरासतका रुपमा मार्क्सलाई सम्बोधनसमेत गरेका छन्। संयोजक महरले मार्क्सवादी विद्यार्थीका लागि कार्ल मार्क्सको जन्मथलो अवलोकन गर्न पाउनुभन्दा ठूलो अवसर अरु के नै हुन्छ र ? भनेर टिप्पणी गरेका छन्।

उनले शनिबार सामाजिक सञ्जालमा मार्क्स जन्मिएको घरको भ्रमण तथा अवलोकन गरेपछि लेखेका छन्,‘ मजदुर, किसान तथा सर्वहारा वर्गका मुक्तिका महान सिद्धान्तकार कार्ल मार्क्सको जन्मस्थल जर्मनिको ट्रीयरमा रहेको र मार्क्स जन्मिनु भएको घरको भ्रमण तथा अवलोकन गर्ने अवसर प्राप्त भयो।’

मार्क्सको जन्मथलोमा पुग्ने आफ्नो बाल्यकालदेखिको सपना र चाहना रहेको स्मरण गराउँदै संयोजक महर अगाडि लेख्छन्, ‘एउटा मार्क्सवादी विद्यार्थीको लागि यो भन्दा महत्त्वपूर्ण कुरा अरु हुन सक्दैन। सानैदेखिको एउटा महत्वपूर्ण चाहनाले आज पुर्णता प्राप्त गरेको छ। यो अवसर जुराउन साथ दिनुहुने एनआरएनए युरोपका पुर्व संयोजक शिव कुमार बरुवाल र एनआरएनए लक्जम्बर्गका अध्यक्ष हरि खत्री ज्युलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’ उक्त भ्रमणमा अनेरास्ववियू र राष्ट्रिय युवा संघ अन्य नेताहरू पनि छन्।