अब महिलाहिँसाबारे मनोवैज्ञानिक कोणबाट बहस हुनुपर्छ: नेता बराल



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूकी नेता सुनिता बरालले महिलामाथि हुने शारीरिक हिँसाको मात्रै वकालत गरेर महिलाहिँसा अन्त्य नहुने टिप्पणी गरेकी छन्न। उनले महिलाहिँसा अन्त्यका लागि मनोवैज्ञानिक दृष्टिकोणबाट हेरिनुपर्ने बताएकी छन्।

१६ दिने महिलाहिँसा अन्त्यको अभियान सम्पन्न भएको प्रसंगलाई उल्लेख गर्दै उनले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘महिला हिंसाको अन्त्य सभ्य समाजको गन्तव्य’ यहि नाराको साथमा १६ दिने महिला हिंसा अन्त्य को अभियान सकिएको छ। हाम्रो समाजमा आज पनि हिंसालाई शारीरिक पक्षसँग मात्रै जोडेर बढि छलफल हुने गरेको छ। यो भन्दा डरलाग्दो रुपमा बढिरहेको मनोवैज्ञानिक रुपमा हुने हिंसा भयावह छ।’

उनले अगाडि लेखेका छन्, ‘सामाजिक जीवन होस् या व्यवसायीक, राजनीतिक जीवन होस् या रोजगारिमा (वयस्तो स्थानमा हुने व्यवहारले मानिसलाई जीवन भरी मानसिक यातना दिन्छ। समान काममा भएको सहकर्मीप्रति समान दृष्टिकोणसम्म पाउन गाह्रो छ यथार्थता। अबको अभियान समाजमा महिला र पुरुष होइन। मानव/सहकर्मी/सहयोद्दा/साथीको रूपमा स्थापित बनाउन लागौं। ताकी लैङ्गिक रुपमा भएको फरकपन व्यक्तिगत जीवनमा मात्रै सिमित होस्।’