नुर-गंगा प्रतिभा पुरस्कार वितरण



काठमाडौँ। नुर-गंगा प्रतिभा पुरस्कार गुठीले २०७५ सालमा वितरण गर्नुपर्ने पुरस्कार राजधानीको कमलादीको प्रज्ञाप्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमका बीच प्रदान गरेको छ।

गुठीका अध्यक्ष चुणामणि बन्धुको अध्यक्षता तथा सर्वोच्च अदालतकी पूर्व प्रधानान्यायाधीश सुशिला कार्कीको प्रमुख आतित्थ्यमा उक्त पुरस्कार वितरण गरिएको थियो।

वरिष्ठ पत्रकार एवं भोगोलीविद् भैरव रिसाल, लोक गायिका बिमा कुमारी दुरा, प्रा.डा. मुरारी प्रसाद रेग्मीलाई राष्ट्रिय सम्मानबाट सम्मान गरिएको छ।

त्यस्तै लोक गीत क्षेत्रमा क्रियाशिल नव प्रतिभा एवं गायिका कमला पोखरेल र बाल प्रतिभातर्फ अनुज्ञा नेपाल पुरस्कृत भएकी छन्। पुरस्कृत हुने सर्जक, स्रष्टाको परिचय राजेन्द्र सुवेदीले वाचन गरेका थिए।

स्व. नुर प्रताव जबरा र स्व. गंगा राणाको स्मृतिमा २७ वर्षअघि स्थापना गरिएको उक्त प्रतिभा पुरस्कार हरेक वर्ष वितरण गर्ने गरेको आयोजकको भनाई छ।