अनिल गुरुङ १५ वर्षपछि ‘बीबीसी’मा फर्किए



काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ १५ वर्षपछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मा फर्किएका छन्। उनीसहित अन्य खेलडीलाई बीबीसीले शुक्रबार सार्वजनिक गरेको छ।

शनिबारदेखि दशरथ रंगशालामा सुरु हुने सहिद स्मारक लिगमा बीबिसीले पहिलो खेल नै मच्छिन्द्र क्लबसँग खेल्ने छ। पोखराको सहारा क्लबबाट उत्पादित अनिल गुरुङले २०६२ सालमा ब्रिगेड ब्वाइज क्लबबाटै ए डिभिजन लिगको सुरुआत गरेका थिए। यसको अर्को वर्ष उनी थ्री स्टार क्लब हुँदै मनाङ मर्स्याङ्दीमा पुगेका थिए।

गत वर्ष थ्रीस्टारबाट खेलेका उनी पुन बीबीसी फर्किएका हुन्। म पहिला जहाँ थिएँ, त्यही फर्किएको हुँ शुक्रबार पत्रकार सम्मेलनमा उनले भने।बीबीसीले अनुभवी खेलाडी विजय गुरुङ र उत्तम गुरुङलाई पनि लिएको छ। टोलीको प्रशिक्षकमा खगेन्द्र पुन र व्यवस्थापकमा अरबिन्द गुरुङ छन्। सनोज श्रेष्ठ टेक्निकल प्रशिक्षकको रुपमा रहेने छन्।