सिन्धुपाल्चाेक केन्द्रविन्दु, ४.८ रेक्टरकाे भूकम्प गयो



काठमाडौं। राजधानीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (२६ मंसिर) साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चाेककाे सेर्माथाङलाई केन्द्रविन्दु बनाई ४.८ रेक्टरकाे भूकम्प गएकाे हाे।

भूकम्पकाे असर सिन्धुपाल्चाेक, काभ्रे, काठमाडाैं, भक्तपुर, ललितपुर, नुवाकाेट, धादिङलगायतका जिल्लामा महसुस गरिएकाे भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ।