नगरप्रमुख सरावगीद्वारा मुस्कानलाई ३ लाख सहयोग


वीरगन्ज। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेका छन्।

काठमान्डौको किर्तीपुर स्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागी उक्त आर्थिक सहयोग प्रदान गरेका हुन्।

वीरगन्ज महानगरपालिका कार्यालयद्धारा २लाख र नगर प्रमुख सरावगीको तलब भत्ताबाट १लाख रुपैयाको चेक नगर प्रमुख सरावगीले बिहिबार प्रदान गरेका हुन्। मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरि अपरेशन गरेको छ।

वीरगन्जको छपकैंया निवासी मुस्कान खातुन माथी एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिना देखि किर्तीपुर बर्ण अस्पतालमा भइरहेको छ। नगर प्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाएका हुन्।

मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरुसंग कुरा चलिरहेको बताउदै नगर प्रमुख सरावगीले सबैलाइ इच्छुक संस्थाहरुलाई आर्थिक सहयोग गर्न अनुरोधसमेत गरे। काठमाण्डौंमा उपचारार्थ रहेकी मुस्कानको उपचारमा नगर प्रमुख सरावगी सुरुदेखि नै सक्रिय छन्।