अब पोखरामा ‘सरर नेपाल’ बोलाउनुस् ट्याक्सी घरमै


पोखरा। संघीय राजधानी काठमाडौँमा निकै सफल मानिएको राइड सेयरीङ सर्भिस अब पोखरमा आइेपुगेको छ। काठमाडौं भित्रमात्र सिमित रहेको राइड सेयरीङ सर्भिसलाई टेक फर नेपाल प्रा.लीले पोखरा सेवा सञ्चालन गरेको हो।

नेपालमा बढ्दो टेकनोलोजीको उपयोगलाई काठमाडौंमा मात्रै सिमित नराखी देशैभरी फैलाउने बताउछन टेक फर नेपाल प्रा.लीका डाइरेक्टर तथा सरर नेपालका अपरेसन हेड सन्तोष कुमार बिमलीले बताए।

उनले भने, ‘अब पोखरामा पनि घरमै बसी बसी अथवा कुनै स्थानमा मोबाईलबाटै आफुलाई वा आफ्ना आफन्तलाई आफ्नो गन्तव्यमा पुग्न SARARA NEPAL सेवाको परिक्षण सेवा सुरु गरिएको छ।

सरर नेपाल के हो त?

सरर नेपाल एक राइड सेयरिइङ एप हो। जसको मदतले तपाईंले आफु भएकै स्थानमा बाइक, ट्याक्सी वा अन्यसाधन बोलाउन सक्नुहुन्छ।
कसरी चलाऊने?

सरर नेपालमा आब्द्द हुन चाहने ट्याक्सी, बाइकहरुले SARARA CAPTAIN एप डाउनलोड गरी अन्लाइन रेजीस्टर गर्नुपर्ने हुन्छ। सरर नेपालबाट सेवा लिन चाहनेहरुले SARARA NEPAL एप डाउनलोड गरी अन्लाइन रेजीस्टर गर्नुपर्ने हुन्छ।

प्यासेन्जरका हिसाबले सररमा यात्रा गर्दा भाडाको पारदर्सिता, पुग्ने ठाउँ सम्मको लोकेसन, एड्ड्भान्स बूकिङ गर्नमिल्ने, सधैं जाने आउने ठाउँका लागी सस्तो प्याकेज, हरेक यात्राबाट रु १ सामाजिक कार्यका लागि जस्ता बिशेषता छन्।

त्यसैगरी सरर नेपालमा आबधहुने सेवा प्रदायकलाइ CAPTAIN न्युनतम 10% मा काम गर्न सक्ने गरी वा मासिक फिक्सड रकम तिरी कम्पनीका अनेक फाईदाहरु जस्तै फ्री सिम, फ्री डाटा, फ्री भोइस, फ्री बाईक सर्भि्िसङ र अन्य सुबिधाहरु उपयोग गर्न सकिने छ।

App features को कुरा गर्नु पर्दा हाम्रा बिशेषता के हुन जान्छ भने सररबाट जुनसुकै समयको लागि अहिले तत्कालाई अर्डर राख्न सकिनेछ। Ride Later Option ले तपाईंलाई यो सुबिधा दिन्छ।

जस्बाट तपाईंले आफ्नो समयलाइ ख्याल राखेर अर्डर राख्दा हतार गर्नु पर्ने झन्झट हट्नेछ।” टेक फर नेपाल प्रालिले राइड सेयरको लागि ल्याएको नयाँ एप एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ। यो सेवा उपयोग गर्नका लागि तपाईंले सरर नेपाल एप डाउनलोड गरेर अरु सेवा प्रदायक जस्तै राइड बुक गर्न सक्नुहुन्छ।

त्यसपछी राइडर जसलाई सरर क्याप्टेन पनि भनिन्छ उहाले तपाईंलाई पिक अप लोकेसनबाट तपाईंको गन्तब्य सम्म छोड्नुहुनेछ। एपमा चालकका रूपमा आबद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिस्ट्रेसन गर्नु पर्ने प्रावधान राखिएको छ। कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी गराएको छ।