कञ्चनपुर। अनेरास्ववियूका सहसंयोजक एवं संगठनका प्रभावशाली नेता रञ्जित तामाङले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न आफ्ना सम्पुर्ण नेता, कार्यकर्ता र आम विद्यार्थीलाई परिचालन गर्ने बताएका छन्।
अनेरास्ववियूका केन्द्रीय सहसंयोजक तामाङले ‘नेपाल भ्रमण वर्ष २०२०’ राष्ट्रिय गौरवको उत्सव भएकाे बताउँदै संगठनका नेता कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालित गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
तामाङले नेपाल भ्रमणमा आउने विदेशी पाहुनाहरुलाई आआफ्नो ठाउँमा न्यानो आतिथ्यता प्रदान गर्न विद्यार्थीहरुले अग्रभागमा रहेर स्वयंसेवकीय भुमिका निर्वाह गर्ने बताए। देशभरका पर्यटकीय स्थलहरुमा अनेरास्ववियूले नियमित रुपमा सरसफाई कार्यक्रमसमेत गर्ने उनको भनाई छ।
बिहिबार महेन्द्रनगरमा आयोजित अनेरास्ववियूको अगुवा कार्यकर्ता भेलामा तामाङले अबको दुई हप्ता भित्र अनेरास्ववियूको एकताले पुर्णता पाउनेसमेत आश्वासन दिएका छन्।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय नेताहरु सुरेन्द्र बस्नेत, सुनिता वराल, तिलकराज भण्डारी र एलवि सिंहले एकतालाई चांडै टुंगो लगाउनुपर्ने धारणा राखेका थिए।