मुख्यमन्त्री शाहीद्वारा जाजरकोटमा जापानीज झोला वितरण



जाजरकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जापानीज झोला प्रदान गरेका छन्।

यूमी नेपाल-जापानाको सहयोग तथा भेरी नगगरपालिका जाजरकोटको समन्वयमा बिहीबार जिल्लाको सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले जापानी झोला प्रदान गरेका हुन्।

यूमी नेपाल-जापानले कर्णाली प्रदेशका विभिन्न जिल्लाका सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि झोला उपहार कार्यक्रम सञ्चालन गरिरहेको छ।

उक्त कार्यक्रममा मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावतलगायतको उपस्थिति रहेको थियो। अहिले जाजरकोटमा प्रदेश सरकारका कार्यालयको प्रथम चौमासिक प्रगतिबारेमा समिक्षा भईरहेको बताईएको छ।

तस्बिर: ध्रुव बुढाथोकी