सन्तोष केसीको स्वरमा ‘आँसु’ बजारमा



वीरेन्द्र वली,

काठमाडौँ। गीत संगीत बजारमा आउने क्रममा ‘आँसु’ बोलको गीत बजारमा आएको छ। पछिल्लो समयमा गीतहरू अलि कमै मात्रामा बजारमा आउने गरेको देखिन्छ।

सन्तोष केसीको स्वर, कृष्ण सापकोटाको लय शब्द रहेको गीतलाई मारुनी स्टुडियोले रेकड गरेको थियो। कुमार रानाको मिकसिंग र कमल सौरागको संगीत सयोजन रहेको छ। कृष्ण सापकोटाको निर्देशन तथा दिपक गिरीको छयांकन रहेको उक्त गीत नबिन घर्ति मगरले म्युजिक भिडियो सम्पादन गरेका छन्।

सापकोटा प्रोडसनको ब्यानरमा बनेको भिडियोलाई कृष्ण सापकोटाको अफिसियल युटुब च्यानल बाट राखिएको छ। भिडियोमा कृष्ण सापकोटा, रन्जु अधिकारि, आर्यन अधिकारि र असरि अधिकारिको दमदार अभिनय रहेको छ।

हेर्नुहोस भिडियो