प्रधानमन्त्रीले गौरिकालाई भने, ‘आफ्नो कीर्तिमान आफैं तोड्नुपर्छ’



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारा १३औं सागमा पदक विजेताहरुलाई नगद राशीको पुरस्कार घोषणा गरेका छन्। उक्त पुरस्कार घोषणा गर्नुअघि प्रधामन्त्री ओलीले निक्कै लामो भाषण गरेका थिए।

प्रधानमन्त्रीले १३औं सागमा फुटबल तर्फ नेपालले स्वर्ण जित्दा निकै आनन्द आएको समेत सुनाए। साथै उनले फुटबल कसरी खेल्ने ? भन्ने पनि सुनाएका थिए। यस्तै १३औं सागमा नेपालले जितेको ५१ स्वर्ण त्यसै नआएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केहीले यसको आलोचनासमेत गरे, तर स्वर्ण जित्न कठिन छ।’

प्रधानमन्त्री ओलीले स्वर्ण जित्ने खेलाडीले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्ने धारणा समेत राखेका थिए। वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटका अनुसार १३ औं सागमा ४ स्वर्ण जितेको गौरिका सिंहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्छ। रजत र कास्य जित्नेले सुधार गर्नुपर्छ। ४ स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्छ।’