१३औँ (साग) को समापनका २० रोचक तस्बिर



काठमाडौँ। नेपालले मंगलबार १३औँ दक्षिण एसियाली खेलकुद सागको सफलतापूर्वक समापन गरिएको छ। समापन समरोह काठमाडौं स्थित दशरथ रंगशालामा गरिएको थियाे।

समारोहलाई भव्य बनाउन आतिशबाजीका साथै पटका पड्काइएको थियो। समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए।

यसअघि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सम्बोधन गरेका थिए। समापन समारोहमा खेलाडीहरूले मार्चपास गरेका थिए। खेलाडीको मार्चपासमा नेपाली राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोकेकी थिइन्।

नेपाली दर्शकहरूले बाक्लो उपस्थिति रहेको थियो। समारोहमा विभिन्न संस्कृति झल्किने प्रस्तुतिसमेत गरिएको थियो। १५ गतेबाट सुरु भएको खेल मंगलबार सकिएको हो।

तस्बिर: मुकुन्द कालिकोटे