नेपाल १३औं साग फुटबलमा विजयी



काठमाडौ। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा नेपालले स्वर्ण जित पारेको छ।

नेपाल र भुटानले पहिलो हाफमा एक एक गोल गरेका थिए। खेलेको १६औं मिनेटमा अभिषेक रिजालले नेपालको तर्फबाट अग्रता गोल गरेका थिए।

त्यस्तै भुटानका तर्फबाट चेन्चो ग्याल्सेनले जवाफी ए गोल गरेका थिए।

भुटान पहिलो पटक फाइनलमा पुगेको हो। समूह चरणमा नेपालसँग ४-० ले हारेको भुटानले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा स्थान बनाएको हो। उसले बंगलादेश,माल्दिभ्स र श्रीलंकालाई हराएको थियो।