काठमाडौँ। राजधानीको कपनमा एक प्रेमिकाले आफ्नो प्रेमीको लिङ्ग छेदन गरेकी छन्।
कामपा वडा नम्बर ६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमीकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लिङ्ग छेदन गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार प्रेमीकाले आफ्नै कोठामा बोलाएर लिङ्ग छेदन गरिदिएकी हुन्।
सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ। महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंले भने, ‘उनीहरु दुवैजना हायात होटलमा काम गर्दा रहेछन्। फरक–फरक धर्म मान्दा रहेछन्। उनीहरु प्रेम सम्बन्धमा पनि थिए। तर, धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेका रहेछन्।’
डीएसपी सिहंका अनुसार पछिल्लो एक सातायता दुवैको फोन सम्वाद समेत बन्द भएको थियो। सोमबार प्रेमिकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिङ्ग छेदन गरिदिएको प्रहरीले बताएको छ। प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी सिहंले बताए।