एथ्लेटिक्समा स्वर्ण विजेता खेलाडीलाई अध्यक्ष शाहले पुरस्कृत गर्ने



काठमाडौँ। नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले एथ्लेटिक्समा स्वर्ण विजेता खेलाडीलाई ब्यक्तिगत १–१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा छन्।

एथ्लेटिक्सतर्फ ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्णजितेसँगै अध्यक्ष शाहले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्।

उनले खेलाडीको हौसला बढाउन ब्यक्तिगत रुपमा पुरस्कार दिने घोषणा गरेको बताए। एथ्लेटिक्समा अहिलेसम्म नेपालले २ स्वर्ण पदक जितेको छ । पहिलो स्वर्ण पदक सन्तोषि श्रेष्ठले जित्दा आज गोपीचन्द्रले स्वर्ण जितेका हुन्।