‘कोहलपुरमा विद्यार्थीमाथि भएको प्रहरी दमन मानवअधिकार विपरित’



कालिकोट। सामाजिक जागरण तथा विकास प्रतिष्ठान, सादा नेपालका संस्थापक अध्यक्ष अशोकनाथ योगीले गत आइतबार कोहलपुरमा विद्यार्थीमाथि भएको प्रहरीको दमनलाई मानवअधिकार उलंघनको संज्ञा दिएका छन्।

सोमबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय मातृ तथा बाल स्वास्थ्य सञ्जाल नेपालका महासचिवसमेत रहेका योगीले सप्ताहव्यापि मानवअधिकार दिवस मनाइरहँदाको समयमा स-साना विद्यार्थीमाथि कोहलपुर बाँके प्रहरी अमानविय दमनमा उत्रिएको आरोप लगाएका छन्।

अध्यक्ष योगीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्। बालअधिकार संरक्षण राज्य पक्षलगायत सम्पुर्ण सरोकारवालाको दायित्व हो। बालअधिकारको संरक्षण गर्नु सबैको दायित्व हो। सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीबाट भएको बल प्रयोग, लाठी चार्ज, कुटपिट र हवाई फाईरिगंले वातावरण नै त्रसित बनाएर बालबालिका भागाभागको त्रासपुर्ण अवस्था र अभिभाबकमा परेको छट्पहाटले बाल मनोविज्ञानमासमेत असर परी बालसंरक्षणको प्रतिउत्पादक हुने गरि बालअधिकार उलंघन र बाल दुव्र्यबहार प्रहरी प्रशासनको बर्दी र गोलीको अनि सुरक्षा दिने शक्ति चरम दुरुपयोग अति नै निन्दनीय र दुखद छ।’

प्रेस विज्ञप्ति

मिति २०७६ मंसिर २२ गते बिहान बाँकेको कोहलपुर स्थित श्री त्रिभुबन उच्च माबि कोहलपुरमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द स्कुलमा प्रबेश गर्दे गर्दा चालकको लापरवाईले भएको दुखद दुर्घटना र तत्पश्चात आक्रोशित स्कुलका छात्र छात्रालाई नियन्त्रण गर्ने नाममा कोहलपुर प्रहरी प्रशाशनको ज्यादति र कानुन उलंघनको निन्दनिय र दुखद घटना प्रति गम्भीर ध्यानआर्कषण भएको छ ।बिध्यालय र बालबालिका शान्ति क्षेत्र हुन, बालअधिकार संरक्षण राज्य पक्ष लगायत सम्पुर्ण सरोकारवालाको दायित्व हो।

बालअधिकारको संरक्षण गर्नु सबैको दायित्व हो अपशोच सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीबाट भएको बल प्रयोग लाठी चार्ज,कुटपिट र हवाई फाईरिंगले बाताबरण नै त्रशित बनाएर बालबालिका मागाभागाको त्राशपुर्ण अबस्था र अभिभाबकमा परेको छटपटाहटले बाल मनोबिग्यानमा समेत असर पारि बाल संरक्षणको प्रतिउतपादक हुने गरि बालअधिकार उलंघन र बाल दुब्यबहार र प्रहरी प्रशाशनको ब्रदी र गोलीको अनि सुरक्षा दिने शक्तिको चरमदुरुपयोग अति अति अति नै निन्दनिय र दुखद छ।

बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत नागरिक समाजका संस्थाहरुले अब उप्रान्त यस प्रकारका कुनै पनि घटना घट्न नदिनका लागि घटनाको सत्यतथ्य छानबिन दोषी चालक र प्रहरी प्रशाशन उपर कडा भन्दा कडा कानुनी कार्बाही गर्ने गराउने र घाईते शिक्षक बिध्यार्थी र अभिभाबकको अबिलम्ब दक्ष चिकित्सक र औषधोउपचार सहित राज्य पक्षबाट सम्पुर्ण औषधीउपचार खर्चको प्रबन्ध गरेर पिडित लाई उचित राहत तथा क्षतिपुर्तिको ब्यबस्था गर्न नेपाल सरकार संग जोडदार माग गरिन्छ।

महिला हिंसा बिरुद्धको १६ दिने अभियान र ७१ औं अन्र्तराष्टिय मानब अधिकारको सन्दर्भमा ७७ जिल्लामै सप्ताहब्यापी कार्यक्रम सम्पन्न भईरहँदा स्कुल हातामा प्रहरी प्रशाशनको जबरजस्त प्रबेश र छात्रा छात्र अनि शिक्षक माथिको दुब्र्यबहारले रक्षक नै भक्षक भएको पुष्टि भएकाले अबिलम्ब राष्ट्रिय मानबअधिकार आयोग लगायत राज्यका सुरक्षा निकायका माथिल्लो तहको बालअधिकारका राष्ट्रिय अन्र्तराष्ट्यि स्तरका सरोकारवालाको ध्यान जान र गम्भीर हुन जरुरी छ।

निन्दनिय र दण्डनिय दुब्यबहार जन्य कार्यमा संलग्न लाई कार्बाही गर्ने सरकारी प्रतिबद्धताका साथ तत्काल सहजता र सदभाब ल्याउन समस्या समाधानको उपाय निकाल्दै दोषी उपर कडा भन्दा कडा कार्बाही गरी पिडित लाई राहत दिलाएर पिडकलाई कानुनी कार्बाहीको दायरामा ल्याउन बिलम्म नगरियोस भनि सरकार संग माग गर्दे यो प्रेश पे्रस विज्ञप्ती जारी गरिएको छ।