‘चितवन सौराहा ‘भ्रमण वर्ष २०२०’ को पर्खाइमा छ’


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आन्तरिक पर्यटन विकासमा एक जुट हुन सबैलाई आग्रह गरेका छन्।

मंगलबार चितवनको सौराहामा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै नेता शर्माले यस्तो आग्रह गरेका हुन्। साथै नेता शर्माले चितवनको सौराहा पर्यटन वर्ष २०२० को लागि पर्खि रहेकोसमेत उल्लेख गरेका छन्।

 

उनले लेखका छन्, ‘नजिकिदै गरेको पर्यटन भ्रमण वर्ष २०२० को पर्खाइमा छ सौराहा‘चितवन’। ‘आन्तरिक पर्यटनको विकासमा सबै आ-औआफ्नो ठाउबाट लागौं।’

त्यस्तै नेपाल सरकार पर्यटन वर्ष २०२० लाई भव्यताका साथ सम्पन्न गर्नको लागि तयारीमा जुटेको छ। २० लाखभन्दा बढी पर्यटकहरूलाई भित्र्याउने सरकारले दावी गरिरहेको छ। उक्त भ्रमण वर्षको उद्घाटनमा विश्वका पर्यटनमन्त्री र भीभीआईपीहरूलाई निम्तो दिइसकिएको सरकारले जानकारी दिएको छ।