स्वर्णका लागि नेपाल र भुटान भिड्दै, कसले मार्ला बाजि ?



काठमाडौँ। १३औँ साग अन्तर्गत पुरूष फुटबलको फाइनल खेलमा आज नेपालले भुटानको सामना गर्दैछ। फाइनल खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ। सागको समापनमा फुटबलको फाईनल खेल खेलाउन लागिएको हो।

साग फुटवलमा नेपाल पाँचौ पटक र भुटान पहिलो पटक फाइनलमा पुगेका हुन्। छनोट चरणमा हराएकाले आज पनि भुटानलाई पाखा लगाउदै स्वर्ण पदक घरमै राख्ने योजनामा नेपाली टिम छ।

छनोट चरणमा नेपाल बाहेक सवैलाई हराएको भुटान पनि पहिलो पटक उपाधि जित्ने दाउमा छ। सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन्। यस्तै बंगलादशेले २ पटक उपाधि हात पारेको छ।