नुवाकोटबाट ४४ राउण्ड गोलीसहित नारायणकाजी पक्राउ


नुवाकोट। नुवाकोटबाट नारायणकाजी आलेमगर पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले म्याग्नममा लाग्ने ४४ राउण्ड गोलीसहित आइतबार पक्राउ गरेको हो।

बेलकोटगढी नगरपालिका ७ रातमाटा बस्ने आईतराम राईको घरमा डेरागरी बस्ने आलेमगरलाई प्रहरी पक्राउ गरेका हो। प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरी टोलीले घरधनी आईतराम राईसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।