स्वर्णिम शाहीको ‘चलन चलिया’ बोलको देउडा गीत (भिडियोसहित)


काठमाडौँ। नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र कला सँस्कृति चिनाउने देउडा गीत सार्वजनिक भएको छ।

गायक स्वर्णिम शाहीले आफ्नै शब्द र संगीतमा ‘चलन चलिया’ बोलको देउडा गीत आइतबार सार्वजनिक गरेका हुन्। उक्त गीतमा स्वर्णिमलाई माण्डबी त्रिपाठीले स्वरमा साथ दिएकी छन्।

उक्त गीतमा कर्णाली र सुदूरपश्चिमका जिल्लाका विशेषता तथा त्यहाँका धार्मिक एवम् पर्यटकीय क्षेत्रको वर्णन गरिएको छ । पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको एकसाथ पहिचान दिने उद्देश्यले ‘चलन चलिया’गीत ल्याएको शाहीकाे भनाइ छ।

कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको यो गीत विशेष फिल्मस् युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन्।

को हुन् स्वर्णीम ?

कलाकार स्वर्णीम शाहीको जति सुन्दर नाम छ, त्यति नै सुन्दर सपनाहरू बोकेर आफ्नो लक्ष्यमा हिडिरहेका छन्। कालिकोटको पचाल झरना गाउँपालिका ९ निवासी शाही २०५७ सालमा १४ वर्षको कलिलो उमेरमै युद्धमा होमिएका एक याेद्धा हुन् स्वर्णीम।

स्वर्णीम धनी गरिब सानो ठूलो, छुत अछुत, लैगिक असमानता, वर्गीय विभेदलगायतका विकृतिका सिमा भत्काएर सुसभ्य जनवादी समाजको परिकल्पनामा सुरु गरिएको भनिएको तत्कालिन जनयुद्धमा होमिएका बताउछन्।

राजनीतिक जीवनको सुरुवातमा विद्यार्थी आन्दोलनमा लागे पनि पछि जनकलाकारको टिममा जोडिए। सुरुमा तत्कालिन कालिकोटको एरिया स्तरीय कर्णाली जन साँस्कृतिक परिवारमा जोडिएको बताउछन्।

त्यसपछि जिल्ला स्तरीय चुली जनसाँस्कृतिक परिवार, सेतीमहाकाली क्षेत्रीय स्तरीय (संस्थापक), बिसु जन साँस्कृतिक परिवारहुँदै साँस्कृतिक शैन्य कम्पनिमा र केन्दीय टोली सामना साँस्कृतिक परिवारसम्म पुगेर जनवादी कलाकारको रुपमा काम गरे।

हरेक विद्यामा उक्तिकै रुचि राख्ने स्वर्णी नृत्य, अभिनय, बाध्य बाधन (गीटार, हार्मोनियम, तबला), गीत लेखन, संगित निमार्ण र गायन विद्यामा उक्तिकै आफूलाई उर्ताछन्।

नेपालका ५२ जिल्लाको भ्रमण गरेका स्वर्णीमले जीवनका ८ वर्ष सुदूरपश्चिम प्रदेशको भूमिमा बिताएका थिए। पुनः तिनै संघर्षका कथाहरूबाट अभिव्यक्त भएका छन्। २०५८ मा अछाम मंगलसेन आक्रमणमा घाइते बनेका शाही अचेल संघीय राजधानी काठमाडौँमा बस्दै आएका छन्।

हेर्नुस्  ‘चलन चलिया’