एजेन्सी। अमेरिकामा एक महिलाले ब्लगमार्फत आफ्ना श्रीमानको लाजमर्दो हर्कतबारेमा मुख खोलेकी छिन् । ती महिलाले ब्लगमा लेखेकी छिन् उनका श्रीमानले आफ्नी छोरीलाई निकै अश्लील म्यासेज पठाएका थिए। ती व्यक्तिले यौनकर्मी महिलालाई पठाउन खोजेको म्यासेज झुक्किएर छोरीकहाँ पुगेको बताइएको छ।
म्यासेज हेरेपछि छोरी डराएर आमाकहाँ गएकी थिइन्। आमाले म्यासेज हेरेपछि तत्कालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन्। ब्लगमा लेखिएअनुसार ती व्यक्तिले दुई यौनकर्मी महिलालाई यो म्यासेज लेखेका थिए।
म्यासेजमा ती युवतीहरुलाई आफूले बारमा भेट्ने उल्लेख थियो। यसबाहेक म्यासेजमा ती दुई यौनकर्मी महिलालाई घर आउने अफरसहित अन्य सबै कुरा विस्तारमा लेखिएको थियो। यो सबै १४ वर्षकी छोरीले पढिन्।
आमाबाबु सम्बन्धविच्छेद गरेर छुट्टिने र पिताले यस्तो काम गरेपछि उनीहरुका १४ र १७ वर्षका दुई छोरी डिप्रेसनको शिकार भएको र उनीहरुको काउन्सिलिङ भइरहेको बताइएको छ।