शक्तिशाली सरकारको निर्मम प्रहरीमाथि छानविन होस्: नेता शाही



जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता एवं भ्रातृ संगठन प्रमुख लक्ष्मण शाहीले कोहलपुर घटनामा विद्यार्थीमाथि दमनमा उत्रेको प्रहरी प्रशासनमाथि छानविन गर्न माग गरेका छन्। कोहलपुरको वडा नं १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो।

स-साना बालबालिकामाथि आएतबार प्रहरीले कोहलपुरमा लाठीचार्जसँगै गोली प्रहार गरेको थियो। आईतबार विद्यालयतर्फ जार्दै गरेकी प्रकृति चन्दलाई ट्रकले किचेपछि तनावग्रस्त बनेको कोहपुर आज सामान्य बनेको छ।

उक्त विषयका बारेमा युवा नेता शाहीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘न्याय हराएको मेरो देश…शक्तिशाली सरकार, बहादुर प्रहरी, निरीह नागरिक…..। कोहोलपुर घटनामा ट्रकले कुल्चेर प्रकृति चन्द्रलाई गम्भिर घाईते बनाएपछि आन्दोलित बनेका विद्यार्थीको शान्तिपूर्ण बिरोधमा प्रहरी प्रशासनको दमन निन्दनीय छ।’

विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै उक्त घटनाका बारेमा छानविन गर्न र दोषी उपर कडा कारबाही गर्न नेताको शाहीको माग छ। उनले अगाडि लेखेका छन्, ‘घटनाको छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्। घाईतेको नि: शुल्क उपचार र उचित क्षेतिपुर्तिको व्यवस्था गरियोस्। जय नेपाल। जय तरुण।’