नेकपा विप्लवको कार्यक्रममा जादै गरेका विद्यार्थी प्रहरी नियन्त्रणमा



हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ द्वारा आयोजित कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मनहरी गाउँपालिका २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले पक्राउ गरेको हो।

विप्लवको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको छ। उक्त कार्यक्रममा सहभागी हुन मकवानपुरका दुई विद्यालयका विद्‍यार्थी बसमा राखेर लगिँदै थियो।

मनहरीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी र नेवारपानीले नियन्त्रणमा लिएको बसमा शिक्षकसहितको टोली रहेको प्रहरीको भनाइ छ। नेवारपानी चौकीमा सगरमाथा डिलक्सको ना ७ ख ८१६२ नम्बरको बसमा नेपाली सेनाको जस्तो पोशाक लगाएका युवा दस्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।