कोहलपुर तनावले उग्ररूप लिँदै (भिडियो/फोटोसहित)



काठमाडौँ। बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाइते बनेपछि स्थानीय तोडफोडमा उत्रेका छन्। साथै अहिले कोहलपुरको स्थिति तनावग्रस्त रहेको हाम्रा फोटो पत्रकार दिपेन्द्र हमालले जानकारी दिएका छन्।

आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्दको घाइते बनेकी छन्। उनले दुबै खुट्टा गुमाएकी छन्।

साथै अहिले कोहलपुरको स्थिति तनावग्रस्त रहेको हाम्रा फोटो पत्रकार दिपेन्द्र हमालले जानकारी दिएका छन्। उनका अनुसार अहिले आन्दोलनमा उत्रेका तीनजना विद्यार्थी घाईते भएका छन्। उनीहरूको कोहलपुर मेडिकललेजमा उपचार भइरहेको छ। स्थिति नियन्त्ररण लिन नेपालगंगजबाट थप सुरक्षाकर्मी कोहपुर आईपुगेको र आन्दोलनकर्मीहरूले प्रशासनका विरूद्ध नाराबाजी गरिरहेका छन्।

आइतवार बिहान कोहलपुर(नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्दको मृत्यु भएको थियो।

तस्बिरः दिपेन्द्र हमाल/कपिल अञ्जान