नेपाल र माल्दिभ्सको रोचक प्रतिष्पर्धा (फोटोफिचर)



काठमाडौँ। जारी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा शनिबार भएको पुरुषतर्फको फुटबलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ। यो जीतसँगै नेपाल फाइनल नजिक पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो। उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए। तर, नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए।

नेपालले त्यसअघि पनि केही राम्रा अवसर पाएको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन। दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए। र, त्यही २-१ को अन्तरमा खेल जित्यो।

 

तस्बिर मुकुन्द कालिकोटे