कैलाली। जिल्लाको चुरे गाउँपालिका ४ खैरालामा रहेको राणाकालीन समयमा बनेको ऐतिहासिक गर्भा दरबार जिर्ण बनेको छ। गर्भा दरबारको निर्माण खड्कशमशेर राणाले गरेका हुन्।
विक्रम सम्वत १९७९ मा गर्भा दरबारको शिलान्यास भएको हो। झन्डै पाँच वर्ष लगाएर १९८४ मा दरबार तयार भएको थियो। ८३ झ्याल र ५३ ढोकाको तीन तले गर्भा दरबार बिगत दुई दशकदेखि बेवारिसे अबस्थामा छ।
राणाहरुले दरबार छोडेपछि गर्भा दरबारमा हुलाक र गाविसको कार्यालय राखिएको थियो। १० वर्षे माओवादी द्वन्द्वको क्रममा २०५७÷०५८ मा हुलाक र गाविस कार्यालयमा आग्जनी भएको थियो।
तत्पश्चात दरबार बेवारिसे र जिर्ण अवस्थामा पुग्दा पनि पुातात्विक विभाग र सरकारले कुनै वास्ता गरेको छैन। सहज रूपमा मोटरबाटोको सुबिधा भएपनि सरकारले यसको पुनर्निर्माणमा ध्यान नदिदा दरबार काम नलाग्ने अवस्थामा पुगेको छ। साथै आन्तरिक पर्यटनको विकास र प्रवद्र्धनमा घाटा खेप्नु परेको छ।
तस्बिरः पत्रकार रमेश बमको फेशबुकबाट