‘नेपाली कांग्रेसलाई भरोसाको केन्द्र बनाउने हाम्रो लक्ष्य हो’



काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिप्रति भएको वितृष्णालाई कम गर्दै राजनीतिलाई सम्मानीत क्षेत्र बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्।

नेता पौडेलले जनतामा राजनीतिप्रति भएको वितृष्णालाई कम गर्दै राजनीतिलाई सम्मानीत क्षेत्र र नेपाली कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउने आफ्नो लक्ष भएको टिप्पणी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा नेता पौडेलले लेखेका छन्,‘जनताको सेवानै आफ्नो कर्म सम्झी जनताको हितमा काम गरेर जनतामा राजनीतिप्रति भएको वितृष्णालाई कम गर्दै राजनीतिलाई सम्मानीत क्षेत्र र नेपाली कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउने हाम्रो लक्ष हो।’