दक्षिण कोरिया र जापानमा महिलाहरूले विवाह नगर्दा संकट



एजेन्सी। दक्षिण कोरिया र जापानमा महिलाहरुले विवाह नगर्दा आर्थिक संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ। दुई देश संसारको सबैभन्दा कम जन्मदर भएको देशमा समावेश छ।

जापान विश्वको सबैभन्दा कम जन्मदर भएको देश हो। दक्षिण कोरिया यसमा आठौं स्थानमा छ। कोरियाली महिला माझ त ‘नो म्यारिज वुमन’ अभियाननै चलेको छ। अभियान अन्तर्गत महिलाहरुलाई नो डेटिङ, नो सेक्स, नो म्यारिज, नो चिल्ड्रेन भनेर चार चिजबाट टाढा रहन समेत सल्लाह दिइँदैछ।

विवाह गर्न प्रोत्साहनको लागि अनुदानको व्यवस्था

महिलाहरुमा विवाहप्रति अरुचि उत्पन्न भएको अवस्थामा सुधार ल्याउनको लागि त्यहाँको सरकारले युवाहरुलाई अनुदान रकमदेखि अन्य सुविधाको व्यवस्था गरेको छ।

दक्षिण कोरियाको अवस्था यति बिग्रिएको छ कि त्यहाँ जम्मा २२।४ प्रतिशत महिला मात्र विवाहलाई आवश्यक ठान्छन्। एक दशक अघि यो तथ्याकं ४७ प्रतिशत थियो। दक्षिण कोरियाको सरकारले युवाहरुलाई विवाह गर्न र बालबच्चा पाउनको लागि प्रोत्साहन अभियान चलाइरहेको छ।

विद्यार्थीको संख्यासमेत घट्न थाल्यो

दक्षिण कोरियामा विवाहमा ह्रास आउँदा जनसंख्यामै कमी आएको छ। यसले श्रम शक्ति घट्ने खतरा उत्पन्न गरेको छ। जनसंख्यामा आएको कमीको कारण सियोलका कयैन विद्यालयमा विद्यार्थीको कमी देखिन थालेको छ। केही विद्यालयमा विद्यार्थीको संख्यामा अत्यधिक कमी आउदाँ बन्द गरिएका छन्।

जापानमा पनि बच्चा जन्माउन प्रोत्साहन कार्यक्रम

जापानको जनसंख्या तीव्र गतिमा बुढो हुदै गएको छ। यसले समाज र अर्थव्यवस्थामा असर देखाउन थालिसकेको छ। कोरियामा जस्तै जापानका युवाहरुमा पनि विवाहप्रति विकर्षण देखिन्छ। यसले गर्दा बालबालिका र युवाको संख्यामा ह्रासको कारण देशमा संकट उत्पन्न भएको छ। यही कारणले यहाँ महिलाहरुलाई दोस्रो बच्चा जन्माउनको लागि प्रोत्साहन गरिन्छ।