पेलेरै विभाग गठन गर्ने देउवाको तयारी



काठमाडौँ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पेलेरै भएपनि विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन्।

कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन्। ‘चाडै पार्टीको सबै सांगठानिक संरचनाले पूर्णता पाउँछन्,’ काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ , अब चाँडै गठन हुन्छन्।’

नेताहरुबीच पटकपटक छलफल भए पनि भागबण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामोसमयदेखि सहमतिको प्रयास गरेपनि कुरा मिलेको छैन।