निजी कलेजले फेरि मागे विद्यार्थीसँग बढी शुल्क



काठमाडौँ। नयाँ पत्रिकाका अनुसार विद्यार्थीबाट बढी शुल्क फिर्ता गर्न सरकारसँग सहमति गरको मसी सुक्न नपाउँदै केही निजी मेडिकल कजेजले फेरि बढी शुल्क माग्न थालेका छन्।

सरकारले होस्टल, खाना र आइओएम शुल्कबाहेक सबै रकम शैक्षिक शुल्कमै समेटेर निर्धारण गरेको जनाएपनि मेडिकल कलेजले शिक्षा करसमेत तिर्न विद्यार्थीलाई उर्दी गरेका छन्।

अन्दोलनरत चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाका अनुसार गण्डकी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र चितवन मेडिकल कलेजले विभिन्न शीर्षक राखेर शुल्क माग्न थालेका छन्।

गण्डकी र युनिभर्सलले सरकारले ३८ लाख ५० हजार शुल्क निर्धारण गरेको चौथो वर्षका विद्यार्थीसँग थप चार लाख ६० हजार मागेका छन्। त्यस्तै, तेस्रो वर्षका विद्यार्थीका लागि ४२ लाख ४५ हजार शुल्क निर्धारण भएकोमा ४७ लाख पुग्ने गरी विभिन्न शीर्षकमा शुल्क मागेका छन्।