समाजसेवी रायमाझीद्वारा मोटरबाटो निर्माणका लागि एक लाख सहयोग



कौरव खत्री,

गुल्मी। गुल्मीका एक समाजसेवी चुराबहादुर रायमाझीले कुल देवता मन्दिर जाने मोटरवाटो निर्माणका लागि एक लाख सहयोग छन्। बिहिबार वामीमा रायमाझीहरुको १ सय, ८६औँ कुल पुजाको अवसरमा रायमाझीले उक्त आर्थिक सहयोग गरेका हुन्।

मुसिकोट नगरपालिका ८ निवासी हाल भारतको अम्वाहतमा बसोवास गदै आएका समाजसेवी चुरा बहादुर रायमाझी विक्रमसिंह क्षेत्रीले सोही नगरपालिका ८ वामीमा रहेको रायमाझी दाजुभाईहरुको कुल देवता मन्दिरसम्म जाने मोटरवाटो निर्माण गर्नका लागि नगद रु। १ लाख आर्थिक सहयोग गरेका छन्।

आर्थिक सहयोगी समाजसेवी रायमाझीले समाजका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन्। त्यस्तै कुल पुजा तथा मन्दिर लागि रायमाझी कुल देवता समिति जापान प्रतिनिधि महेन्द्र रायमाझीद्धारा नगद रु। ६४ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।