रारामा फोरजी सेवा सुरू



सुर्खेत। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको मुगुको रारामा फोरजी सेवा सुचारु गरिएको छ। नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर नेपाल नेपाल टेलिकमले द्रूत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

बिहीबारदेखि रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम सुर्खेतले जानकारी दिएको छ। टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेको जनाएके छ।

एक हजार आठ सय मेगाहर्जमा फोरजी सेवा सुरु गरिएको टेलिकमको दाबी छ। रारा भ्रमणमा पुग्ने पर्यटकहरुलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्यार्एको हो।