बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा नयाँ गीत (भिडियोसहित)



काठमाडौँ। लोकप्रिय गायक तथा सर्जक बद्री पंगेनी र गायिका प्रिया भण्डारीको सुमधुर आवाजमा ‘किन हो र ?’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ।

विन्दवासिनी म्युजिकले बजारमा ल्याएको गीतका सुवास रेग्मीको शब्द रचना रहेको छ। त्यस्तै गीतको संगीत र्सिजना श्रीकृष्ण बम मल्लले गरेका छन्।

आसिस अविरलको संगीत संयोजनमा तयार पारिएको गीतमा शंकर बिसी र कविता आचार्यको अभिनय देख्न सकिन्छ। बहुचर्चित मोडल तथा निर्देशक बिसीकै निर्देशन रहेको गीतका दृश्य दुर्गा पौडेलले क्यामेरामा कैद गरेका छन्। गीतको म्युजिक भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन्।