माधव नेपालको अग्नि परीक्षा: सीमा विवादबारे वार्ता गर्न भारत जाने



काठमाडौँ। सीमा अतिक्रमणबारे वार्ता पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रुपमा भारत पठाउन लागेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। प्रधानमन्त्री ओलीको आग्रहपछि नेपालले विशेष दूतका रुपमा दिल्ली जाने तयारी गरेका हुन्।

तर, भारतीय पक्षबाट जानकारी नआएकाले टुङ्गो नलागेको नेता नेपालले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। बुधबार बसेको सचिवालय बैठकमा नेपालले आफू भारत जान लागेको जानकारुी गराएका थिए।

‘विवादीत सीमा क्षेत्रका बारेमा भारतीय पक्षसँग छलफल गर्न तपाईं जानुस् भन्ने प्रधानमन्त्रीज्यूको आग्रह थियो,’ नेपालले बैठकमा गरेको ब्रिफिङबारे एक सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीसँग कात्तिक अन्तिमतिर भएको भेटमा यो विषय उठे पनि पछि थप छलफल हुन पाएन।’

बैठककमा नेता नेपालले त्यतिखेल आफूले प्रधानमन्त्रीलाई राष्ट्रिय हितका लागि आफू जस्तोसुकै काम गर्न तयार रहेको जवाफ दिएको बताएको कान्तिपुर दैनिकमा उल्लेख गरिएको छ।