देशमारा कम्पनी एनसेलको रमिता हेरेर निरिह बन्नु हुन्न: नेता कार्की



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले देश लुटने, कर छल्ने, जनमारा र देशमारा कम्पनि भएको बताउदै ‘एनसेल मेला २०७६’ लाई बहिष्कार गर्न आग्रह गरेका छन्।

इन्टरनेशल मोटिभेटरसमेत रहेका नेता कार्कीले गत आइतबार सल्यानका मज्दुरहरूले पोखरामा सडक निमार्णको क्रममा ज्यान गुमाएको विषयलाई जोड्दै सरकारलाई गम्भीर बन्ने चेतावनी दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा मान्छेहरू ५०० ज्यालाको लागि माटोमा पुरिएका छन, युवाहरु १५ हजारको लागि पसिनामा भिजेका छन, आफ्नो देश बन्जर छ। तिनै मान्छेको हकको अरबौ कर छलेर खाने कम्पनी र उसका मतियारको मेलामा किन जाने ? आज नेपाल टेलिकम जताततै पुगेको छ, नपुगे पुर्‍याउनुपर्छ। तर, देशमारा कम्पनीको रमिता हेरेर निरिह बन्नु हुन्न।

उनले अगाडि लेखेका छन्, ‘एनसेलले राज्य प्रभावित बनायो यसको मतलब यो होइनकी देश पनि प्रभावमा लिन सक्छ। आन्तरिक पर्यटनको रङ दलेर( आफ्नो खस्केको र गुमेको विश्वाश आर्जन गर्न केही कलाकार प्रयोग गरी सिम बेच्ने मेला आयोजना गर्न लागेको रहेछ। हामी एनसेलसँग उस्को हिजो, आज र भोलीको इमान्दारिता सामाजिक जवाफदेहिता बारे प्रश्न सोधी राख्ने छौं।

देश लुटने, कर छल्ने, जनमारा र देशमारा कम्पनिलाई जनताबीच जाने कुनै नैतीक अनुमती नभएको नेता कार्कीको भनाई छ। उनले लेखेका छन्,‘नेपालको ईतिहासमा सबैभन्दा ठूलो आर्थिक धोका र बिकाउ सन्यन्त्र प्रयोग गरी जनताको ७५अर्ब हक खाने कम्पनिको प्रायोजनमा प्रयोग भएर आफ्नो देश र सर्वसाधारण बेबकुफ बनाउने कथित एन्सेल मेलामा कुनैपनी प्रकारले सन्लग्न नहुन आदर्णीय कलाकारहरु, राष्ट्रसेवक, राजनीतिक र सामाजिक अगुवा र आम सर्वसाधारणमा अपिल।’