बागलुङ जीप दुर्घटनाबारे बडीगाड गापाको शोक वक्तव्य



कौरव खत्री,

गुल्मी। बागलुङको बडिगाड गाँउपालिका ७ भिमगिठेको घोपर्नामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका १५ जना सवार यात्रुहरुको दुखद निधनले बडिगाड गाउँपालिका ७ भिङगिठे वडा कार्यालयले एक शोक वक्तव्य जारी गदै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा हार्दिक संमवेदना प्रकट गरेको छ।

शोक वक्तव्यमा दुर्घटनामा परेका घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। बडिगाड गाँउपालिका ७ का वडाध्यक्ष कृष्ण गुरुङ्ग र वडा सचिव नरविर पर्तेलको संयुक्त हस्ताक्षरित शोक वक्तव्यमा त्यस दुर्घटनामा परेर ज्यान गुमाएका मृतकहरु तथा उपचारमा रहेका घाईतेहरुप्रति सिङ्गो बडिगाड गाँउपालिका ७ परिवार अत्यन्तै मर्माहत र दुखित बनाएको छ।

उल्लेख गर्दै दुर्घटनामा उद्धार कार्यमा संलग्न नेपाल प्रहरी,जनप्रतिनिधी,राजनीतिककर्मी,समाजसेवी,पत्रकार तथा स्थानीयबासीहरु सबैमा वडा नं। ७ वडाकार्यालय हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ भनिएको छ।

शोक वक्तव्यमा हतार र कष्ठपूर्ण यात्राले मानवीय क्षति निम्त्याउछ सुरक्षित र भरपर्दो गाडीको क्षमता अनुसारको यात्रु तथा ट्राफिक नियमको पालना सहितको यात्रा गर्न यसै शोक वक्तव्य मार्फत सबैमा विनम्र अनुरोध गर्दछ, भनिएको छ।

शोक वक्तव्यको पूर्ण पाठ