प्रचण्ड कार्यकारी अध्यक्ष बनेपछिकाे पहिलो सचिवालय बैठक सम्पन्न



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलो पटक नेकपाको सचिवालयको बैठक सम्पन्न भएको छ। दुई अध्यक्ष रहेको नेकपामा कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले बुधबार पहिलोपटक सचिवालय बैठक डाकेका थिए।

उपनिर्वाचनमा पार्टीले हासिल गरेको परिणाम, देशको राजनीतिक अवस्था र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थापछि पार्टी संचालनबारे बैठक केन्द्रीत थियो।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिएको बताए। त्यस्तै, यही मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनको परीणामको समिक्षा गरेर रिपोर्ट पेश गर्नपनि निर्वाचन भएका सबै क्षेत्रका पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिईएको उनले जनाए। सचिवालयको अर्को बैठक यही मंसिर २१ गते बस्नेछ।