भौतिक पूर्वाधारहरू अपाङ्गतामैत्री बनाउनु पर्छ: भण्डारी



कौरव खत्री, 

गुल्मी। मुसिकोट नगरपालिकाको आयोजना तथा अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र सक्षम परियोजना गुल्मीको समन्वयमा दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य भन्ने राना सहित २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस एक अन्तरक्रियाका साथ वामी कार्यक्रमका सम्पन्न भएको छ ।

अपाङ्गता दिवसको उदघाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले सबै पक्षको विकास भए मात्र त्यो विकास भएको मानिने बताए। साथै उनले नीति निर्माणमा अपाङ्गताको पक्षमा आगामी दिनमा विभिन्न कार्यक्रमहरु समावेश गर्न सकिने बताए। साथै उनले अव स्थानीय सरकारले बनाउने भौतिक पूर्वाधारहरु अपाङ्गतमैत्री हुने बताए।

त्यस्तै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुलाई समान अवसर दिनु पर्ने बताए।

त्यस्तै पत्रकार कौरव खत्रीले स्थानीय सरकारले भौतिक पूर्वाधारहरु निर्माण गर्दा अपाङ्गतामैत्री बनाउन आग्रह गदै दिवसले मात्र अपाङ्गताको समस्या समाधान नहुने बताए।

त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि चुडामणि घिमिरेले समाजमा धेरै प्रकारका अपाङ्गता भएकोले उनीहरुलाई घरपरिवार र समाजले समेत फरक तरिकाले हेर्ने गरेको बताउदै अपाङ्गतालाई समान अवसर र रोजगारी दिनुपर्नेमा जोड दिए।

सोही अवसरमा वडा अध्यक्ष नरेशराज खरेल,मुसिकोट नगरपालिकाका श्रोत व्यक्ति देवीराम शर्मा लगायत सरोकारवाला विभिन्न वडाबाट आएका अपाङ्ग प्रतिनिधि महिला लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीको प्रमुख आतिथ्यता एवं महिला तथा बालवालिका मुसिकोट शाखाकी गंगा सापकोटाको स्वागत मन्तव्यसँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढाल बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो।