चलचित्र ‘अधुरो प्रेम कहानी’ को प्रथम शो मा जे देखियो



काठमाडौँ। चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रेस सो मा दर्शकहरुको निकै भिड लागेको थियो। चलचित्र हेरेर दर्शकहरु आखा भरी आशु लिएर बाहिरिए थिए।

सोमबार राजधानीको गोपी कृष्ण हलमा प्रथम प्रेस सो मा दर्शकहरुको निकै भिड देखियो चलचित्र ‘अधुरो प्रेम कहानी ‘ हेर्नु भएको जति पनि दर्शकहरुले चलचित्रलाई निकै मन पराएको देखियो आशु, हासु र रोदन भएको चलचित्र ‘अधुरो प्रेम कहानी’ पछिल्लो समयमा बनेको नेपाली चलचित्र भन्दा अलि फरक रहरेको परिवार र गाउ टोल छर छिमेकमा घटेको घटनालाइ जस्ताको तस्तै उतार्न सफल भएको छ। चलचित अब चाडै अल नेपाल रिलिज हुदैछ र नेपाल बाहिर पनि उक्त चलचित्रको निकै माग भएको जानकारी समेत दिनु भएको छ।

चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को निर्देशक हुनु हुन्छ मिलन श्रेष्ठ ,निर्माता माया लामा सहायक निर्माता अनिल लामा रहेको छ भने मुख्य कलाकारहरु अनिल लामा ,अनिता पराजुली ,सितल केसी ,दिपक रिमाल ,सरदा गिरी (काली बुढी) शर्मिला शर्मा रहेको छ भने उक्त चलचित्रमा संगीत दिनु भएको छ अनिल लामा र मनिराज काफ्लेले।

शब्द स्मनिराज काफ्ले र सांगे बोलोंन को रहेको छ। गायक गायिका हुनु हुन्छ अनिल लामा ,दीपा लामा ,सुरेश लामा ,मनिराज काफ्ले ,मिलन अमात्य र मेलिना राईको रहेको छ चलचित्रमा अर्को बलियो भाग भनेको गीत संगीत पाटो पनि पनि मानेको छ चलचित्र दर्शकहरुले हेर्दा गीत संगै हुट्टिङ्ग र सुसेली समेत गुञ्जिएको थियो।

चलचित्र अधुरो प्रेम कहानी ‘मा बिनोद सापकोटाको छायकन रहेको छ भने मेकअप रबि केसी ,र फेशन डिजाईनर सम्झना बुढाथोकिको रहेको छ। चलचित्र काठमाडौँ भक्तपुर्, काभ्रे, सिन्धुली, फुर्कोट, भुकुन्ड़े बेसीलगायत नेपालका विभिन्नरमणीय ठाउमा छायाकन गरियको छ।