मुख्यमन्त्रीका सल्लाहकारको गाडीले ठक्कर दिदा पत्रकार रावल घाइते



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रसाद शर्माको गाडीले पत्रकार रमेश रावल र पवित्रकुमार शाहीलाइ ठक्कर दिएर फरार भएको छ।

घुडामा चोट लागेर घाइते भएका पत्रकार रावल भन्छन्,”माेटरसाइकलमा धेरै क्षति भयाे। घुडामा चाेट लागेको छ। दुःखकाे कुरा दुर्घटना भएपछि के कस्ताे भयाे ? कति चाेटपटक लाग्याे ? भन्ने कुरातर्फ ध्यान दिने काम भएन।”

एक स्राेतका अनुसार शर्मा आफैले गाडी चलाएकाे र उनीसँग चालक अनुमित पत्र छैन। दिउँसो साढे ३ बजेतिर सुर्खेतको बुद्धपथमा ठक्कर दिएर फरार शर्मा अहिलेसम्म सम्पर्क बिहिन छन्।