हरिश चन्द,
डडेल्धुरा। जिल्लाको पाटन नगरपालिका वडा ९ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएका छ। मंगलबार एक औपचारिक कार्यक्रमकाको आयोजना गरेर उक्त कार्यालयको उद्घघाटन गरिएको छ।
वडा ९ को केन्द्र टकरेमा प्रतिनिधिसभाका सदस्य तथा पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी र प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्टले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन।
पाटन नगरपालिको ३८ लाख बजेटमा निमार्ण भएको भवनमा सचिव, वडाअध्यक्ष, सभाहल अलगअलग निमार्ण गरि सुविधा सपन्न कार्यालय निमार्ण गरिएको पाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महराल जानकारी दिए।
आफनो वडा कार्यालय भवन नभएका कारण भाडाका घरमा बसेका वडाका भवन क्रःमश प्रत्येक वर्ष निमार्ण गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत महराको भनाइ छ।
उद्घाटन कार्यक्रमा वडा भवनतथा स्वास्थ्यकार्यालयको भवन निमार्णका लागि जग्गादान गर्ने नागरिक, स्वास्थ्य चौकीका कर्मचारी, शिक्षक लगायतलाई सम्मान गरेको थियो।
वडाबाट प्रवाह गरिने सेवाप्राप्तगर्न खोडपे बजार जानुपर्ने बाध्यता हटेको भन्दै त्यसवडा बासिहरुले खुसीव्यक्त गरेका छन्। विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न वडा कार्यालयको उद्घाटन समारोहमा पत्रकार, शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, संस्थामा आवद्ध कर्मचारीलगायत स्थानीय नागरिकहरुको उलेख्य सहभागिता रहेको थियो।