जिप दुर्घटनामा १४ जनाको मृत्यु


काठमाडौँ। गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदै एक स्थानका १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्।

गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो।

जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ।दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।