महिला फुटबलमा नेपाल विजयी



पोखरा। १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ। मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन्। उनले अनिता केसीको पासमा गोल गरेकी हुन्।