‘सरकार नसच्चिए सकिन्छ, कांग्रेस सुध्रिएन भने सकिन्छ’



काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले उप-निवार्चनबाट सरकार सच्चिनुपर्ने र कांग्रेस सुध्रिनुपर्ने सन्देश दिएको बताएका छन्।

यहि मंसिर १४ गते सम्पन्न उप-निर्वाचनलाई लिएर मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘उप-चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ, सरकारको शैली सच्याउ नत्र सकिन्छौ।’ सच्चिने वा सक्किने उसको कुरा।’

त्यस्तै नेता थापाले उप-निर्वाचनले कांग्रेसले मतदाको सन्देशलाई मनन् गरेर आफू बललिनुपर्ने सुझाव दिएका छन्। उनले अगाडि लेखेका छन्,‘उपनिर्वाचनको सन्देश हामीलाई पनि त छ, नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ। मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने ? यो हाम्रो कुरा।’