१३औँ साग उद्घाटनका रोचक २० तस्बिर


काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। राजधानीको दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले सागको उद्घाटन गरेकी हुन्।

तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिएको थियो। सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ। साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ।

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो। सातवटै देशका खेलाडीको मार्चपासबाट सुरु भएको उद्घाटन सत्रमा कलाकारले नेपालको राष्ट्रियता झल्कने प्रस्तुती दिएका थिए। सेना, प्रहरी र शसस्त्र प्रहरीको ब्यान्डले छुट्टै प्रस्तुती पनि रहेको थियो।

उद्घाटन समारोहमा आतासबाजी देखि लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक कलाले पनि उद्घाटन सत्रलाई थप रोमाञ्चक बनाएको थियो। पाँचसय भन्दा बढी बाध्यबादकले नेपालको विभिन्न मौलिक बाजा बजाएका थिए।

तस्बिर: मुकुन्द कालिकोटे