दाङमा नेकपाकी विमला विजयी



दाङ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला वली विजयी भएकी छन्। वलीले ५ हजार १ सय ४ मतको फराकिलो अन्तरले विजय हासिल गरेकी हुन्।

नेकपाकी उम्मेदवार वलीले २४ हजार २ सय ८६ मत प्राप्त गरेर विजयी भईन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गरे।