‘उपनिर्वाचनको रुझान् हेर्दा आम निर्वाचनमा नेकपाको हरिबिजोग हुने देखियो’



काठमाडौँ। वरिष्ठ पत्रकार खेम भण्डारीले उपनिर्वाचनको रुझानलाई लिएर नेकपाको भविष्यमाथि शंका प्रकट गरेका छन्। यसअघि नेकपा एवं तत्कालीन वाम गठबन्धनले चुनाव जितेका ठाउँमा कांग्रेसले शानदार कमब्याक गरेको छ।

चीतवनको भरतपुर, दाङ, भक्तपुर र सुनसरीको धरान उपमहानगरपालिकामा यसअघि नेकपाका उम्मेदवार निर्वाचित भएका थिए। उपनिर्वाचन भएका उल्लेखित स्थानमा कांग्रेसले नतिजा उल्ट्याएको छ।

यसै विषयलाई लिएर सुदूरपश्चिम पद्रेशको कञ्चनपुरबाट प्रकाशित हुन मानसखण्ड दैनिकका सम्पादक तथा वरिष्ठ पत्रकार भण्डारीले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘उपनिर्वाचनको रुझान हेर्दा आगामी आम निर्वाचनमा नेकपाको हरिबिजोग होला जस्तो छ!’ पूर्व एमाले र माओवादी एक भएर बनेको शक्तिशाली पार्टीलाई जनताले यसरी वहिष्कार गर्नुलाई सामान्य रूपमा लिन नहुने नेकपाका एक नेता बताउछन्।

नाम नख्ुलाउने सत्रमा उनले कर्णाली सन्देशलाई भने,‘गुटगत राजनीति र एमाले—माओवादीबीचको एकतालाई स्थानीय स्तरसम्म लैजान नसक्नुको परिणाम हो। आगामी दिनमा नेतृत्व नसच्चिए पार्टीको हालत कम्जोर हुने निश्चित छ।’